स्थायी कमिटी बैठक रोक्न ओलीले नमानेपछि नेपाल समूहका नेता बाहिरिए — OSNepal

स्थायी कमिटी बैठक रोक्न ओलीले नमानेपछि नेपाल समूहका नेता बाहिरिए

LC (KTM) July 16, 2021 0

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष नेता रोक्न आग्रह गर्दै बैठकस्थल पुगेर निष्किएका छन् ।शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक अहिले पनि च्यासलमा जारी रहेको छ ।

नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग बैठक रोक्न आग्रह गररेका थिए । नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक स्थल पुगेका थिए । अध्यक्ष ओलीले बैठक जारी रहने र नरोक्ने बताएपछि नेपालपक्षका नेताहरु फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर