गायक हेमन्त कान्छा रसाइली र गायिका प्रेमा पुर्जाको पन्चेबाजाको नयाँ गीत 'मयालाई'को भिडियो रिलिज — OSNepal

गायक हेमन्त कान्छा रसाइली र गायिका प्रेमा पुर्जाको पन्चेबाजाको नयाँ गीत ‘मयालाई’को भिडियो रिलिज

LC (KTM) June 16, 2023 0

काठमाडौं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीको पन्चेबाजाको नयाँ गीत मयालाईको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतको भिडियोमा हेमन्तलाई स्वरमा गायिका प्रेमा पुर्जाले साथ दिएकी छन् । जसमा शब्द राजकुमार बगरको रहेको छ भने संगित प्रेमा पुर्जाको रहेको छ । भिडियोमा एरेन्ज गायक स्वयमकै रहेको छ भने मिक्सिगं तथा मास्टरिगं श्याम श्वेत रसाइलीको रहेको छ ।

लगनको महिनालाई लक्षित गरेर गायक हेमन्तले बजारमा ल्याएको पञ्चेबाजाको सार्वजनिक भिडियोमा मोडलद्धय बिजय पुन र शरिष्मा मगरको रोमान्टिक नृत्य देख्न सकिन्छ । छमछम नचाउने शैलिको भिडियोमा शरिष्मा र बिजय गज्जबसँग खुलेर नाचेका छन् । निरन श्रेष्ठको कोरियोग्राफी रहेको सार्वजनिक गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हु्न् ।

राम केसीको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन । भिडियोको निर्माण गायिका तथा संगीतकार प्रेमा पुर्जाले गरेकी हुन् । हेर्नुहोस् प्रेम र रोमान्सले भरिएको पञ्चेबाजाको यो रमाइलो छमछम नचाउने गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर