कोहलपुरमा घरमा सुतिरहेकी साउनी मृतावस्थामा फेला,नगद र सुनको गरगहना समेत गाएब — OSNepal

कोहलपुरमा घरमा सुतिरहेकी साउनी मृतावस्थामा फेला,नगद र सुनको गरगहना समेत गाएब

LC (KTM) July 18, 2021 0

बाँके- बाँकेको कोहलपुर नगरपालिका– ११ एकतानगरका एक वृद्धाको ह त्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेकोे जानकारी दिनुभयो ।

उहाँले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताउनुभयो । अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर