देउवालाई अदालतले प्रधानमन्त्री बनाएको होइन, मिलेमतोबाट संविधान र लोकतन्त्र मास्ने प्रवृत्तिलाई अदालतले सबक सिकाएको हो — OSNepal

देउवालाई अदालतले प्रधानमन्त्री बनाएको होइन, मिलेमतोबाट संविधान र लोकतन्त्र मास्ने प्रवृत्तिलाई अदालतले सबक सिकाएको हो

LC (KTM) July 18, 2021 0

काठमाडौँ ३ साउन । काँग्रेस नेता डा। मिनेन्द्र रिजालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्चले नभई ओली आफ्नै अहंकारले सत्ताच्युत भएको बताएका छन् ।

पुर्नस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा नेता रिजालले अहंकारी ओली प्रवृत्तिका कारण केपी ओली सत्ताच्युत भएको बताएका हुन् । ‘शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री बनाएको होइन, मिलेमतोबाट संविधान र लोकतन्त्र मास्ने प्रवृत्तिलाई अदालतले सबक सिकाएको हो’ नेकपा एमालेलाई लक्षित गर्दै बैठकमा रिजालले भने ।

ओलीले खुस्काएको संविधानको पाङग्रा सर्वोच्चले सच्चाएको बताएका रिजालले ओलीको अहंकारले गर्दा माधव र प्रचण्ड अदालत गएको जनाएका हुन् । काँग्रेस बीपी र गिरिजाप्रसादको पार्टी भन्दै प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल, उपेन्द्र यादव, केपी ओली र महन्थ ठाकुरलाई साथमा लिएर हिंड्ने समेत बताएका छन् ।

संविधान र लोकतन्त्र मास्ने प्रवृत्तिलाई रोक्न मिलेमतोमा देउवालाई प्रधानमन्त्री बनाएको बताएको रिजालले अदालतले प्रधानमन्त्री बनाएको नभई अदालतले एमालेलाई सवक मात्र सिकाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर