अन्तिममा आएर ओलीलाई छाडी देउवा सरकारमा सहभागी ठाकुर पक्ष — OSNepal

अन्तिममा आएर ओलीलाई छाडी देउवा सरकारमा सहभागी ठाकुर पक्ष

LC (KTM) July 20, 2021 0

काठमाडौं ५ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समुह पनि सरकारमा जाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि ठाकुर समुह पनि सरकारमा जना राजी भएको हो ।

यसअघि उपेन्द्र यादव समुह मात्र सरकारमा सहभागी हुने भनिएको थियो । तथापी, ठाकुर पक्षले अनौपचारिक छलफलमा देउवासँग सरकारमा जान तयार भएको बताएका थिए । प्रतिपक्षमा बसेको ठाकुर समुहले अन्तिम समयमा आएर देउवालाई विश्वासको मत दिएका थिए ।

मन्त्रिपरिषद् विस्तार गर्न लागेका देउवासँग ठाकुर पक्षले तिन मन्त्रालय मागेको बुझिएको छ । केपी ओली सरकारमा सहभागी भएको ठाकुर पक्षलाई सर्वोच्चले बदर गरिदिएपछि यता न उता का भएर बसेका डाकुर पक्ष अन्तिम समयमा आएर ओलीको साथ छोडी देउवातिर आकर्षित भएका हुन् ।

यता, जसपाकै यादव पक्षले भने ६ मन्त्रालयको दावी गर्दै आएको छ ३२ जना सांसदले देउवालाई विश्वासको दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर