भीम रावलको राजीनामाप्रति प्रचण्डको आशंका — OSNepal

भीम रावलको राजीनामाप्रति प्रचण्डको आशंका

LC (KTM) July 24, 2021 0

काठमाडौँ ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका नेता भीम रावलले दिएको राजीनामा प्रति आशंका व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादु कर्माचार्यको ८ औँ स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले रावलको राजीनामा अस्वभाविक भएको भन्दै आशंका व्यक्त गरेका हुन् ।

विपक्ष गठवन्धनको सरकारका प्रधानमन्त्री नेपाली कांग्रेसका शेरबहादुर देउवालाइ विश्वासको मत दिनु अगावै रावलले राजीनामा दिएपछि प्रचण्डले यस्तो जनाएका हुन् । देउवाको समर्थनमा अदालत पुगेका रावलले विश्वासको मत दिनु अगावै राजीनाम ा दिएपछि रावलल केपी ओली प्यानलमा लागेको समेत आशंका गरिएको थियो ।

‘गठबन्धनमा राम्रो भूमिका खेलेका साथीहरू ढले, त्यो त्यतिकै ढलेको भन्ने होइन, त्योभित्र धेरै गम्भिर विषय रहेका छन्,’ कार्यक्रममा प्रचण्डले भनेका छन् , बडो तागत लगाएर बहुमतको सरकार बनाउन आफुहरु सफल भएको समेत प्रचण्डले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर