सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरित, भारतीय नौसेनाद्वारा कडा निगरानी — OSNepal

सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरित, भारतीय नौसेनाद्वारा कडा निगरानी

LC (KTM) January 05, 2024 0

नयाँदिल्ली, २० पुस । सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ ।

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रबार बताएका छन् । सोमालियाको तटीय क्षेत्रमा बिहीबार साँझ जहाज अपहरण भएको सूचना प्राप्त भएको सैनिक अधिकारीले पुष्टि गरेका छन् ।

भारतीय नौसेनाको विमानले जहाजमा निगरानी राख्दै आएको छ । भारतीय नौसेनाको युद्धपोत आईएनएस चेन्नई स्थितिको सामना गर्न अपहरण गरिएको जहाजतर्फ अघि बढिरहेको अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर