दिप्ती सापकोटा बचाउ अभियानमा जुट्यो १२ लाख, अभियान स्थगित — OSNepal

दिप्ती सापकोटा बचाउ अभियानमा जुट्यो १२ लाख, अभियान स्थगित

LC (KTM) August 04, 2021 0

सचिन रानाभाट /लेखनाथ-पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटा ब्लड क्यान्सर बाट पीडित भएपछी परिवारले आफ्नो आर्थिक स्थितिले सकेसम्मको उपचार गरे। आफ्नो उपायले नसकेर गुहार मागेपछी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला संग पुकार गरे। डा बास्तोलाले आफ्नो सम्पर्कमा रहेका मिडिया तथा सामाजिक अभियन्ताहरुलाई सहयोगको अनुरोध गर्ने क्रममा पोखरा ३१ वेगनासमा सामाजिक क्षेत्रमा सकृय युवा राम रानाभाट लाई सम्पर्क गरे। रानाभाटले तत्काल सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे र सामाजिक संजालमा सहयोगको याचना समेत गरे, अभियान थियो दिप्ती सापकोटा बचाउ अभियान ।

केही दिनको आसपासमा करिव २ लाख संकलन गरेर बालिकाका परिवारलाई अस्पतालमै पुगेर हस्तान्तरण गर्दै थप उपचारका लागि काठमाडौं जाने बाताबरण मिलाए।सामाजिक संजालमा निकै सकृय रहने रानाभाटले सहयोगको याचना फैलाउदै हालसम्म साढे ५ लाख जति रकम संकलन गरेका छन्। केहि रकम बोलेर आउन बांकी छ भने हाल सम्म ४ लाख १ हजार ६० रुपैयाँ पीडित परिवारलाई २ किस्ता गरेर हस्तान्तरण गरिसकेका छन्।
रानाभाट सम्झन्छन् – हामी परिवार नै कोभिड १९ संक्रमण भएर घरमै आईसोलेसनमा बसेको बेलामा डा. बास्तोला सरले फोन गर्नुभयो तर मैले समयमा रेस्पोन्स गर्न सकिन । करिब २ दिन पछि आफै सम्पर्क गर्दा उहाँले बेगनासको ३ बर्षिया बालिका ब्लड क्यान्सरले पिडित भएको र परिवार ले सहयोगको अनुरोध गरेको सुनाउनु भयो।

बालिकाको सानो उमेर र आफ्नै क्षेत्रको भएपछि हुन्छ म सकेको गर्छु भनेर फोन राखे अनि रातभर सुत्न सकिन। भोलिपल्ट नजिकैको साथी भाईहरुलाई सम्पर्क गर्दा हामी सहयोग गर्छौं भनेर सहयोग पनि आउन थाल्यो। भित्रैबाट उत्साहीत भएर हामीले अभियान नै संचालन गर्‍यौं ।आज सम्म करिब साढे ५ लाख उठिसकेको छ र ४ लाख जति पीडित परिवारलाई दियौं पनि। सहयोग दाताहरुले बोलेको केही रकम उठ्न बांकी रहेको हुनाले त्यो उठ्ने बित्तिकै हस्तान्तरण गर्नेछौं उनले भने।

यता दिप्ती बचाउ अभियान लाई आत्मसात गर्दै सिलिङे सहकारीका व्यबस्थापक समेत रहेका बिकास रानाभाटले स्वस्फूर्त अभियान संचालन गरेका थिए। सामाजिक संजालमा फन्ड रेईजर संचालन गरेर अस्ट्रेलिया बाट बिबेक रानाभाट तथा अमेरिका बाट ईन्द्र रानाभाट र चन्द्र रानाभाटको सहयोगमा ५ लाख ३७ हजार ९ सय ७ रुपैयाँ आर्थिक संकलन गरेर पीडित सापकोटा परिवार लाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन्। त्यस्तै कास्की परिवार दक्षिण कोरियाको समन्वयमा संयोजक सुर्य बहादुर क्षत्रीले कोरियामा १ लाख ७० हजार संकलन गरेर परिवारलाई पठाईसकेका छन्।

अभियानमा देश तथा विदेशमा रहेका विभिन्न मनकारी व्यक्तिहरुले सहयोग गरेका छन्।हाल दिप्तीलाई कान्ति बाल अस्पताल काठमाण्डौंमा उपचार गराईरहेको र स्वास्थ्य सुधारोन्मुख रहेको पीडित सापकोटाका बुवा देव बहादुर सापकोटाले बताए। डा बास्तोलाले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्य मै खर्चन अभिभावकलाई सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर