२१ बर्षकी केटी माथि तालिवानको सामुहिक बलात्कार , बिबाह गर्ने भन्दै घर बाट जबरजस्ती उठाएर लगेका थिए — OSNepal

२१ बर्षकी केटी माथि तालिवानको सामुहिक बलात्कार , बिबाह गर्ने भन्दै घर बाट जबरजस्ती उठाएर लगेका थिए

LC (KTM) August 27, 2021 0

अफगानिस्तानमा तालिवानले राज गरे संगै उनीहरुले गरेका कर्तुतहरु एक एक गरी बाहिर आइरहेको छ । यसअघि एक रिर्पाेट आएको थियो कि तालिवानहरुले १२ देखी १५ बर्षका बालिकाहरु बिबाहको लागि खोजी गरिरहेका छन् । यसैक्रममा तालिवानको एक दरिन्द्रता बाहिर आएको छ ।

बिबाहको नाममा एक युवतीलाई जबरजस्ती उठाएर दैनिक सामुहिक बलात्कार गरेको घटनाले बिश्व जगत नै हल्लाई दिएको छ । अष्ट्रेलियन–अमेरिकन पत्रकार होली मेक्के जो ईराक, अफगानिस्तान, सीरिया जस्ता क्षेत्रमा रिर्पाेटिंग गर्ने गरेका छन् उनका अनुसार तालिवानले १५ बर्ष तथा त्यो भन्दा माथिका केटीहरु लाई बिबाहको लागि भन्दै खोजि गरिरहेका छन् ।

उनको रिर्पाेटमा लेखिएको छ कि अफगानिस्तानको बदखासन गाउँमा एक ब्यक्तिले भनेका थिए कि उनले आफ्नो छोरी तालिवानलाई दिनुपर्नेछ । यसै बिषयमा अफगानिस्तानमा रहने केटी फरिहा इजर संग पति कुराकानी गरिएको थियो ।

होलीले लेखेका छन्– फरीयाले मलाई बताएकी छिन् कि तालिवान घर घरमा आईरहेका छन् साथै उनीहरुले १२ देखी १५ बर्ष सम्मका केटीहरु बिबाहको लागि खोजिरहेका छन् । एक महिना पहिला बदकाहसन गाउँमा तालिवानका मान्छेहरु पुगेका थिए । उनीहरु आफुलाई इस्लामको रक्षक बताईरहेका थिए ।

सोही गाउँमा तालिवानले एक ब्यक्ति संग भनेका थिए कि उनले आफ्नो २१ बर्षीया छोरी तालिवानको मस्जिद लिडरलाई दिउन् । उनले आफ्नो छोरीलाई बचाउन अनेक प्रयत्न गरे तर अन्ततः तालिवानले उनको २१ बर्षीया छोरीलाई जबरजस्ती उठाएर लगेका थिए । त्यसको ३–४ दिन पछि थाहा पाएका थिए कि उनको छोरी लाई बिबाह गर्ने नाममा दिनै ४–५ जनाले हरेक रात सामुहिक बलात्कार गर्ने गरेका थिए ।

प्रतिकात्मक फोटो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर