भारतको केरलामा आफ्नै श्रीमती लाई मार्न बिषालु सर्प किनेर ल्याए यी ब्यक्तिले , त्यसपछि यसरी डसाए — OSNepal

भारतको केरलामा आफ्नै श्रीमती लाई मार्न बिषालु सर्प किनेर ल्याए यी ब्यक्तिले , त्यसपछि यसरी डसाए

LC (KTM) August 30, 2021 0

भारतको केरला प्रदेशको पुलिसले एक हत्याकाण्ड सुल्झाउनका लागि अनौठौ डमी टेस्ट गरेको छ । उथरा हत्याकाण्डको जाँच गरिरहेको टोलीले एक सर्प तथा डमीको सीन रिक्रिएट गरेको छ । टीमले बिशेषज्ञको साथमा यो जान्ने कोशिश गरेको छ कि सर्प यदि नर्मल डस्छ भने चोटको निशान कस्तो हुन्छ तथा त्यसलाई जिस्काएर डसाउँदा कस्तो चोट हुन्छ भन्ने हेरेको छ ।

पछिल्लो ७ मे मा उथरा नामकी एक महिलालाई आफ्नै पतिको घरमा सर्पले डसेर मृत्यु भएको थियो । जाँचको दौरान यो पत्ता लाग्यो कि उसको पति सुरजले जानी जानी सर्पले डसाएका थिए । पुलिसका अनुसार सुरजले लुकी छिपी एउटा गोबन सर्प किनेका थिए । जस्लाई प्रयोग गरेर उथरा लाई मार्ने योजना बनाएका थिए ।

पुलिसले सुरजसंग सोधपुछ गर्दा यो खबर बाहिर आएको थियो । पुलिसले डमीको प्रयोगबाट यो सबै पत्ता लगाएको थियो । सर्पलाई डमीमा पर्ने गरी खसाईएको थियो । कैयौ पटक सर्पलाई डमीमा पर्ने गरी झारे पनि उसले डमीलाई आक्रमण गरेको थिएन । तर सर्पको टाउको नजिक डमीको हात ल्याएर सर्पलाई भड्काइएको थियो ।

यस अवस्थामा पनि सर्पले डसेको थिएन डमीलाई । त्यसपछि सर्पको शरीरमा प्रहार गर्नको लागि डमीको हात प्रयोग गरिएको थियो जसको परिणाम स्वरुप डमीलाई सर्पले डसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर