एउटा बिचित्रको जनावर गाउँमा यता र उता दौडिएपछि गाउँले भए त्रसीत , बन बिभागको टोलीले पार्यो जालमा — OSNepal

एउटा बिचित्रको जनावर गाउँमा यता र उता दौडिएपछि गाउँले भए त्रसीत , बन बिभागको टोलीले पार्यो जालमा

LC (KTM) September 09, 2021 0

राजस्थानको धौलपुर जिल्लाको जंगलमा लगातार एकदमै लोपोन्मुख जंगली जनावरहरु देखिन थालेको छ । अगष्ट १९ मा पेंगोलिन देखिएको थियो भने अहिले आएर हनी बेजर नामको जनावर देखिएको छ । जिल्लाको बाडी उपखण्डको नकसौदा गाउँमा आइतबार बेलुका एक बिचित्र बन्य जीव आएपछि ग्रामीण भेगमा भागदौड नै मच्चिएको थियो ।

उक्त बिचित्र जनावर गाउँमा यता उता दौडिरहेको थियो । यही कारणले गाउँलेहरु नै त्रसित भएका थिए । यस बिषयमा गाउँलेहरुले बन बिभागलाई जानकारी गराएका थिए । बन बिभागको टोली गाउँ पुग्छ र त्यहाका गाउँलेहरुलाई हनी बेजर जनावर भएको सुचना दिएका थिए जो एकदमै खतरनाक जनावर रहेको छ ।

बच्चा भएको कारणले उक्त जनावरले कसैलाई पनि आक्रमण गरेको थिएन् । जंगली जनावरहरुको लोपोन्मुख सुचीमा रहेको हनी बेजर लाई स्थानीय भाषामा कबर बिज्जु नामले समेत चिनिने गरिएको छ ।

बन बिभागको टोलीले २ घण्टा लगाएर जालमा उक्त जनावरलाई पार्न सफल भएका थिए । उक्त जनावरलाई झिरीको जंगलमा लगेर छोडिएको थियो । यो हनी बेजर जातको जनावर अन्र्तराष्टिय सुचीमा संकटग्रस्त जनावरको सुचीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर