सर्प पक्रीएर लाइभ गरेका एक युवालाई सर्पले हेर्दा हेर्दै डस्यो , उपचारमा ढिलाई हुँदा मृत्यु — OSNepal

सर्प पक्रीएर लाइभ गरेका एक युवालाई सर्पले हेर्दा हेर्दै डस्यो , उपचारमा ढिलाई हुँदा मृत्यु

LC (KTM) September 09, 2021 0

भारतको राजस्थानमा एक सपेरालाई फेसबुक लाइभकै दौरानमा सर्पले डसिदिएको छ । शेखावत नगर निवासी १९ बर्षीय मनीष बैष्णवले एक गोमन सर्प पक्रिन्छन् । यसैक्रममा उनलाई सर्पले डसिदिन्छ । सर्पको बिष उनको शरीरमा एकै छिनमा फैलिन्छ । उपचारका लागि जोधपुर लैजादै गर्दा उनको बाटोमै मृ त्यु हुन्छ ।

उनले कैयौ सर्पहरु पक्रि सकेका थिए । उनले झण्डै २ सय भन्दा बढी सर्प पक्रि सकेका थिए । उनी सर्पलाई आफ्नो साथी जत्तिकै संझिने गरेका थिए । सर्प संगै खेल्ने गरेका थिए उनले । उनी सर्पलाई पक्रेर सुरक्षीत स्थानमा छोड्दै आईरहेका थिए । मंगलबार उनले एकदमै बिषालु सर्प गोमनलाई पक्रेर नदीमा छोड्न लागेको बेला उनलाई सर्पले डसेको थियो ।

उनको पिताको केही बर्ष अगाडि बिरामीका कारण मृ त्यु भएको थिउो । घरको जिम्मेवारी आमा कान्ता देबीको काँधमाथी आइलागेको थियो । उनै मनीष भने एक फ्याक्ट्रिमा काम गर्दै आएका थिए । गाउँमा उनले एकदिन हिम्मत जुटाएर सर्प पक्रिएका थिए । समातेको सर्पलाई उनले जंगलमा लगेर छोडेका थिए ।

बिस्तारै बिस्तारै उनी सर्प समात्न एकदमै सिपालु भएका थिए । शहरमा कसैको घरमा सर्प छिरेको छ भने पनि उनलाई कल आउने गरेको थियो । उनै मनीषले मंगलबार एउटा गोमन सर्प पक्रेर नदीमा छोड्न लगेका थिए । त्यति नै बेला एक युवकले उनको भिडियो बनाईरहेका थिए । त्यतिबेलै उनलाई सर्पले डसिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर