ऋचा कमेडी च्याम्पियनको फाइनलमा नहुने — OSNepal

ऋचा कमेडी च्याम्पियनको फाइनलमा नहुने

LC (KTM) September 10, 2021 0

काठमाडौं । हास्यव्यंग्य नेपाली रियलिटी सो ‘कमेडी च्याम्पियन’को यो साता फाइनल हुँदै छ । यस अघि कमेडी च्याम्पियनमा निर्णायक बस्दै आएकी अभिनेत्री ऋचा शर्मा भने यसको फाइनलमा सहभागी हुने छैनन् । अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको कारण उनले यतिबेला यो रियालिटी सोका निर्णायकबाट विश्राम लिएको आयोजक पक्षले जनाएको छ ।

अभिनेत्री ऋचाले बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा पुत्र लाभ गरेकी हुन् । ‘कमेडी च्याम्पियन’ले फेसबुक पेजमार्फत यो जानकारी गराइएको हो । उनले रियालिटी सोको निर्णायकबाट यही कारण विश्राम दिएको पनि जनाइएको छ । अहिले ऋचा र उनको नव सन्तान दुवैको स्वास्थ्य अवस्था राम्रो छ ।

डेलिभरी हुने समय नजिकिएपछि उनले हालै ‘कमेडी च्याम्पियन’बाट विश्राम लिएकी थिइन् ।राजधानि दैनिकमा खबर छ । उनी यो रियालिटी शोको अर्को सिजनमा जोडिन सक्ने भनाइ आयोजक पक्षको छ । उनी फिल्ममा भने कहिले जोडिन्छिन् । त्यो बताइएको छैन । ऋचा शर्मा अभिनित दुईवटा नयाँ चलचित्र हिजो आजका कुरा र कौसिद प्रदर्शन हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर