शैतानको बच्चा भन्दै बुवाले नै साथ छोडे , आमाले जसो तसो गरेर छोराको उपचारको लागि पैसा जुटाउँदै — OSNepal

शैतानको बच्चा भन्दै बुवाले नै साथ छोडे , आमाले जसो तसो गरेर छोराको उपचारको लागि पैसा जुटाउँदै

LC (KTM) September 10, 2021 0

अफ्रीकी देश रुवाण्डामा एक महिलाले दुर्लभ बच्चालाई जन्म दिएकी छिन् । बच्चा जन्मिएको केही समय पछि आफ्नै छोरालाई उसको बुवाले शैतानको बच्चा भन्दै श्रीमती र भर्खर जन्मिएको बच्चा लाई छोडेर हिडेका छन् । श्रीमान्ले नै यस्तो बेलामा साथ दिनुपर्ने छोडेर हिडेपछि ति महिलाले आफ्नो बच्चाको एक्लै रेखदेख गर्दै आईरहेकी छिन् ।

बच्चा लाई लिएर गाउँमा ति महिलालाई सबैले मज्जाक उडाउने गरेका छन् । यसैबेला ती बच्चाको औषधी उपचारका लागि एक अभियाननै चलाइएको छ । रुवाण्डाको एक गाउँमा एक बच्चा दुर्लभ बिरामीका कारण कुरुप भएका छन् । ति बच्चा हेर्दा डरलाग्दा र अजीब देखिने गरेका छन् ।

उनको पीताले ति बच्चा र बच्चाकी आमा बाजेनेला लिबर्टालाई छोडेर हिँडेका छन् । हालै ति बच्चाको औषधी उपचारका लागि सामाजिक सञ्जालमा अभियाननै चलाइएको छ । अहिले सम्म ५८ लाख रुपैया जम्मा भईसकेको बताइएको छ । यसका लागि एक गो फण्ड मि नामको पेज बनाईएको छ । बच्चाको इलाजको लागि बिदेश लैजानका लागि पैसा जुटाईरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर