अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन्, मलाई भूत ‘भूतजस्तै’सम्झिन्थे — OSNepal

अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन्, मलाई भूत ‘भूतजस्तै’सम्झिन्थे

LC (KTM) September 13, 2021 0

काबुल, २८ भदौ- तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले दुई दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुस्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् । युद्धमा अमेरिकाले आफूलाई ‘भूतजस्तै’ सोचेको भन्दै उनले अमेरिकी सेनामाथि व्यंग्य गरेका छन् ।

लामो समय भूमिगत रहेका मुजाहिदले उत्तरपश्चिम पाकिस्तानको नाउसेरास्थित हक्कानी विश्वविद्यालयमा अध्ययन गरेको बताए । उनले अध्ययन गरेको पाठशाालालाई ‘तालिवानको विश्वविद्यालय’समेत भनिन्छ ।

‘अमेरिका र अफगान फौजले मेरो अस्थित्व छ भनेर कहिल्यै सोचेन,’ पाकिस्तानको दी एस्सप्रेस ट्रिब्युनलाई दिएको एक अन्र्तवार्तामा उनले भनेका छन् । अमेरिकाले गरेको छापा र हमलाबाट आफू धेरै पटक बचेको उनले खुलासा गरेका छन् । ‘उनीहरुको छापा र पक्राउ प्रयासबाट म धेरै पटक जोगिए । अमेरिकीको दिमागमा जाबुहिल्ला मान्छे भन्दा पनि अर्कै प्राणी हो भन्ने थियो । ’ उनले भने ।

आफू अफगानिस्तानमा स्वतन्त्र ढंगले हिँडडुल गरेको उनले बताए । ‘म लामो समय राजधानी काबुलमा सबैको नाकै अगाडि बसेको थिए । म आनन्दले देशभर घुम्थे । युद्धको गोप्य र पहिलो सूचना पाउँथे । ’ उनले भने । ४३ वर्षे मुजाहिदले द्वन्द्व अवधिभर आफ्नो अनुहार सार्वजनिक गरेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर