चोटमुक्त भए संगै राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल मैदान फर्किए — OSNepal

चोटमुक्त भए संगै राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल मैदान फर्किए

LC (KTM) September 28, 2021 0

अनुशासनको कारबाही र घुँडाको चोटका कारण लामो समय सम्म मैदान बाहिर रहेका राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ति मगर कमब्याक भएका छन् । उनी चोटमुक्त भए संगै प्रशिक्षणमा फर्किएका हुन् । विमल अहिले अण्डर २३ टोलीसँग प्रशिक्षणमा रहेका हुन् ।

राष्ट्रिय टिमको प्रशिक्षण भईरहेका बेला विमललाई चोट लागेको थियो । बिमलको दायाँ घुँडाको लिगामेन्ट च्यातिएर शल्यक्रिया नै गर्नु परेको थियो । उनको गत मार्चमा शल्यक्रिया गरिएको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाको पहलमा विमलले कतारको अस्पेटार अस्पतालमा सफल शल्यक्रिया गराएका थिए । उनी कतार बाट चोटमुक्त हुदै प्रशिक्षणमा सामेल भएका हुन् ।

उज्वेकिस्तानमा सन् २०२२ मा हुन लागिरहेको एएफसी यू २३ एसियन कप छनोटका लागि नेपालले बाल गोपाल महर्जनको निगरानीमा प्रशिक्षण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर