आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट : इंग्ल्याण्डद्धारा वेष्ट इण्डिज ६ विकेटले पराजित — OSNepal

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट : इंग्ल्याण्डद्धारा वेष्ट इण्डिज ६ विकेटले पराजित

LC (KTM) October 23, 2021 0

वेस्ट ईण्डिजलाई सस्तैमा समेट्दै इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा आज राति सम्पन्न खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले पहिलो पटक टी ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सफल भएको छ ।वेस्ट इन्डिजले इंग्ल्याण्ड समक्ष ५६ रनको सामान्य लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याउँदै जवाफी ब्याटिंगमा उत्रिएको इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ रन बनाएका थिए । वेस्ट इन्डिजका लागि अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिएका थिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे भने अरुको संझन लायक प्रर्दशन रहेन् । वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील राशिद एक्लैले ४ विकेट लिएका थिए ।मोइन अली र टेमल मिल्सले समान दुई दुई विकेट लिए । क्रिस वोक्स र क्रिस जोर्डनले १र१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर