काठमाडौं ३० वैशाख । जुम्लामा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ।
जिल्लाको गुठचौर गाउँपालिका-३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा भएको झडपमा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ ।
मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि सुरु भएको विवादका कारण दुई पक्षबिच झडप र्सिजना भएको हो । अहिले मतदान रोकिएको छ ।