काठमाडौं । अन्तत सलमान खानका अर्का भाई सोहेल खान र उनकी श्रीमती सीमा खान पनि सम्बन्ध विच्छेदको तयारीमा छन् । सलमानका माइला भाई अरबाज र मलाईकाले डिर्भोस गरेको केही वर्षपछि सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा खान सम्बन्धविच्छेद गर्न लागेका हुन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सोहेल र सीमाले सम्बन्धविच्छेदका लागि मुम्बईको फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । सोहेल र सीमालाई शुक्रबार फेमिली कोर्ट बाहिर देखिएको समेत भारतीय मिडियाले विशेष प्राथिमकताका साथ प्रकाशित गरेका थिए ।
अचानक अलग हुने निर्णय गरेका यी दुईबिचको दोस्ती अहिले पनि राम्रो भएको बताइन्छ । पछिल्लो थुप्रै वर्षदेखि छुट्टा छुट्टै बस्दै आएका उनीहरु यो निर्णयले खुशी भएको समेत आजतकले लेखेको छ ।
सोहेल खानसँग सन् १९९८ मा विवाह गरेकी यी दुईका दुई छोरा योहान र निर्वाण छन् । यो जोडीले विबाहको २४ वर्षपछि अलग हुने निर्णयले धेरै चकित भएका छन् ।